रिबन

कांग्रेसले ललितपुरको मेयरमा महर्जनलाई दोहोर्‍याउने, विराटनगरमा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्‍याउने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस शिर्ष नेताकाे बैठकले महर्जनलाई नै महानगरको मेयरमा उठाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट दिने अधिकार सभापति शेरबहादुर देउवालाई सुम्पने आइतबार निर्णय गरेको थियो। जसअनुसार आज सभापति देउवाले मेयर तथा उपमेयरको नाम टुंगो लगाएका हुन् ।

त्यस्तै काँग्रेसले काठमाडौँ महानरपालिकाको मेयरमा सिर्जना सिंहलाई र विराटनगरकाे मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *