काठमाण्डौं । सत्ता गठवन्धनमा सहमति भएको छ । स्थानीय तहको चुनावमा कुन महानगरपालिका कसलाइ भनेर सहमति जुटाउन नसकेपछि वारम्वार पछि सरेको सत्ता गठवन्धनको वैठक अन्तत महानगरपालिका वाडफाडमा सहमत भएको छ । सहमति अनुसार,कांग्रेसले तिन वटा महानगरपालिकाको नेतृत्व लिने भएको छ ।
मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।




