रिबन

दलहरू चुनाव सर्ने हल्लामा ब्यस्त, आधा मतपत्र छापिइसकेकाे निर्वाचन आयाेगकाे भनाइ

काठमाण्डाैं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएकाे छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म अाधा मतपत्र छापिसकिएकाे आयोगले जनाएकाे छ । वाँकी मतपत्र पनि समयमा नै छापिसक्ने आयोगकाे भनाइ छ। राजनीतिक दलहरूले चुनाव सार्ने चर्चा गरिरहेका बेलामा आयोगले भने चुनावकाे लागि तयारी तिव्र गतिमा सञ्चालन गरिरहेकाे छ।

निर्वाचन आयाेगले निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने वताएकाे छ । सामान्य प्रशिक्षण कार्य खर्चबाहेक यस पटकको स्थानीय तह निर्वाचन आफ्नै आर्थिक स्रोतबाट सम्पन्न गर्न लागेको आयाेगकाे भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *