रिबन

ओली अझै यो ब्यवस्था ढाल्न चाहन्छन–प्रचण्ड

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओली अहिलेको परिवर्तन रोक्न लागिपरेको वताएका छन । विशेष पत्रकार सम्मेलन गर्दै उनले परिवर्तनको विरोधीको हातमा सत्ता परेकोले ब्यवस्था खतरामा परेको वताएका छन । उनले परिवर्तनका विरोधीलाइ शक्ति दिदा के हुन्छ भन्ने देखिएको भन्दै अब यस्तो गल्ती नगर्न जनतालाइ अपिल गरेका छन । उनले एमाले अध्यक्ष केपी ओलीको नाम नलिइकन उनलाइ दक्षिणपन्थी भनेका छन । उनले भने–विगतमा गल्ती भयो । तिनैले अहिले दक्षिणपन्थीसंग सहकार्य गरेका छन । यसको अर्थ के हो ? हामीले वुझेका छौं । अध्यक्ष दाहालले राजा नै चाहिन्छ भन्ने पक्षसंग सहकार्य गर्नु भनेको पछि फर्कन खोजेको रुपमा वुझेको वताएका छन ।उनले एमालेलाइ होलीवाइनको पक्षधर भनेर आरोप समेत लगाएका छन ।
उनले गठवन्धन भित्र असन्तुष्टि देखिनु सामान्य कुरा भएको वताए । उनले एउटै पार्टीमा पनि टिकट नपाउनेले असन्तुष्टि पोख्ने भन्दै गठवन्धनमा यस्ता कुरा हुनुको ठुलो कुरा नभएको वताएका छन । अध्यक्ष दाहालले एउटै चुनाव चिन्ह लिएर जाने कि भन्ने चर्चा चलेको पनि वताए । तर,निर्वाचनको प्रक्रिया अघि वढेकोले यो सम्भव भने नदेखिएको वताएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *