रिबन

गठवन्धनमा मच्चियाे रडाकाे,भाेलि मात्र कुरा मिल्ने

काठमाण्डाै‌ । सहमति जुटाउन वसेकाे सत्ता गठबन्धन वैठक यतिकै सम्पन्न भएकाे छ। अब सत्ता गठबन्धनले सोमबार बेलुकासम्म महानगरपालिका र उप-महानगरपालिकाको भागबण्डा टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।

देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको हो ।

स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागबण्डा गर्न समस्या भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *