काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकासहित पोखरालगाएतका स्थानीय तहमा आफ्नो हक लाग्ने दाबी गरेका छन् ।
पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले २०७४ सालको निर्वाचनमा एमालेले जितेका स्थानीय तहमा आफ्नो पार्टीको हक लाग्ने दाबी गरेका हुन् ।
उनले भने,‘‘सत्ता गठबन्धनको सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो । त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’
अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति नभए सहमत हुने अन्य दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।




