काठमाण्डाै। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठवन्धनकाे आजै शनिबार साँझसम्ममा खाका तयार हुने बताए । चितवन पुगेका दाहालले भोलिसम्मा एउटा टुंगोमा पुग्ने वताए। पत्रकारहरुसग भरतपुर विमानस्थलमा कुराकानी गर्दै उनले गठबन्धनमा केही समस्या नहुने वताए । निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद हुने भन्दै दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।




