काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले बुढीडण्डकी परियोजना आफनै पौरखमा निर्माण गर्न लागेको कुराको प्रशंशा गरेका छन । आवेग र उत्तेजनाको राजनीतिबाट माथि उठेर १२ सय मेगावाटको वुढीगण्डकी परियोजना सम्पन्न गर्ने दिशा तर्फ अघि बढन सुझाव दिएका छन । उनले भनेका छन–बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l श्रद्धेय केपी अेालीकाे अात्मालाेचना सुन्न पाइने अपेक्षा l `९ अर्ब बाँडेर खाएको´ आरोप फिर्ता लिन श्रद्देय वावुराम भट्टराइले लज्जाबोध नगर्नुहुने आशा l आवेग परित्याग गरेर विवेक अघि लगाऔं ! अब #बुढिगण्डकी_बनाउन_जुटौं ! १२ सय मेगावाटको बिधुत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय,वृहत् पर्यटनको केन्द्र,पिउने पानी र सिँचाइको विशाल भण्डार l यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी थियो l अब कुनै बिध्न आउन नदिन सरकार,प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी l डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बुढी गण्डकीकालागि अर्बौं रकम जनताबाट उठिसकेको छ l मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न l `समृद्धिको साझा दायित्व ; आवेगमुक्त साझा अठोट´ मा देश जुट्नुपर्छ l केन्द्रबाट `गठबन्धन´ नथोपर्ने काँग्रेस केन्द्रीय समितिको संस्थागत निर्णय हो l त्यसैले निर्णयमा स्थानीय स्थिति र आवश्यकता हेरेर मात्र `तालमेल गर्न सक्ने´ उल्लेख छ ! `गर्न सक्ने´ भन्नूको अर्थ स्थानीय स्थिति अनुकुल गर्ने,भावना प्रतिकुल नगर्ने भन्नेपनि हो l हामी विलकुल प्रष्ट छौं lकाँग्रेस केन्द्रले सर्वसम्मत गरेको संस्थागत निर्णय भन्दा दायाँबायाँ, तलमाथि केही नगर्न हामी प्रतिबद्ध छौं ! तर `बटमलाइन´ प्रष्ट छ-`स्थानीय स्थिति र आवस्यकता´ l `मोडालिटी´ भनिरहंदा त्यसभन्दा बाहिर गएर थोपर्ने कुरा ब्यवहारिक हुनेछैन, हामी यसमा पनि एकदम प्रष्ट र दृढ छौं l




