काठमाण्डौं । नेपाली कांग्रेसका पुर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशी पनि राजनीतिमा होमिएका छन । गोविन्द जोशी कांग्रेसबाट निलम्वित भएपछि उनले छोरालाइ राजनीतिमा अघि बढाएका हुन । जोशीपुत्र दिपकले वुधवार तनहुमा सम्पर्क कार्यालय खोलेर चुनाव प्रचार प्रसार आरम्भ गरेका छन । उनले तनहुको ब्यास नगरपालिकाको मेयर पदमा उठने तयारी गरेका छन । मेयर पदमा उठने भएपछि यसको प्रचार प्रसार,मतदातासंग अन्र्तक्रिया गर्नको लागि उनले सम्पर्क कार्यालय खोलेका हुन ।
वैशाख ३० गते स्थानीय तहको चुनाव हुदैछ ।




