रिबन

देउवाकाे भारत भ्रमण तालिका सार्वजनिक

काठमाण्डाै‌ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे भ्रमण तालिका साृवजनिक भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे निम्ताेमा शुक्रबार देउवा भारत जान लागेका हुन । यहि मेसाेमा उनकाे भ्रमण तालिका सार्भावजनिक गरिएकाे हाे । परराष्ट्र मन्त्रालयले मंगलबार प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने छ ।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार स्वादेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी आरजू राणा, पराराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली भारत जानेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *