रिबन

पुर्वराजदुतको ठोकुवा–कम्युनिष्टको भविष्य छैन, माक्र्स, माओका फोटो फालिनेछन

काठमाण्डौं । लामो समय वामपन्थी राजनीति गरेर राजदुत समेत भएका नीलाम्वर आचार्यले अनौठो ठोकुवा गरेका छन । लगातार उनले अब नेपालमा कम्युनिष्टको भविष्य छैन भनेर किटेर लेखेका छन । आचार्यले कम्युनिष्ट मध्ये पनि माओवादको त वर्तमान र भविष्य दुवै नरहेको निष्कर्ष निकाले छन । उनले किटेर भनेका छन–माओवादीलाइ इतिहासमा विसाउनुको विकल्प छैन । भारतको लागि राजदुत भएर नेपाल फर्किएपछि आचार्यले अलि तिता कुरा सरल भाषामा लेख्न र वोल्न थालेका छन । उनले नेपालमा माक्र्स,माओ,एगेल्सका तस्वीरहरु फालेर अहिले कम्युनिष्ट पार्टीहरु विलिन हुने तर्क गरेका छन । उनले वरु यो यसरी क्रमभंग कसले गर्ला भनेर प्र्रश्न सोधेका छन ।उनले भनेका छन-एक दिन यस्तो आउने छ आजका कम्युनिस्ट पार्टीमध्ये धेरै विघटन एकीकरण हुनेछन् बाँकीले पनि आफ्नो नाम र झण्डा फेर्ने छन् मार्क्स, एंगेल्स, लेनिन, स्तालिन, माओका तस्बीरहरू र सबै कम्युनिस्ट प्रतीकहरू हटाउने छन्। महान क्रमभंग हुनेछ। सोच्दैछु, त्यसो गर्ने पहिलो नेता र पार्टी कुन होला? माओवादको भविष्य छैन, वर्तमान पनि छैन। नेपालमा पनि छैन, अन्यत्र पनि छैन। के हो माओवाद? माओवादलाई इतिहासमा बिसाउनुको विकल्प छैन। यो कुरा जति चाँडो बुझ्यो उति राम्रो। शुभ होस्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *