रिबन

नेकपा एकीकृत समाजवादीले पनि चुनावकेन्द्रीत अभियान चलाउने

काठमाडौं । सरकारमा रहेको नेपाली कांग्रेसले चुनावकेन्द्रीत अभियान शुरु गरेकै बेला नेकपा एकीकृत समाजवादीले पनि जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ जनपरिचालन अभियान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न प्रमेश हमाललाई प्रदेश नम्बर एक, जगन्नाथ खतिवडालाई मधेश प्रदेश, गङ्गलाल तुलाधरलाई बागमती, जयन्ती राईलाई गण्डकी, डाक्टर विजय पौडेललाई लुम्बिनी, डाक्टर बेदुराम भुसाललाई कर्णालाी र रामचन्द्र झालाई सुदूरपश्चिमलाई जिम्मा दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *