काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनावकेन्द्रित हुन निर्देशन दिएका छन् ।
एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन् ।
गाउँ–गाउँमा पुगेर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा जनतासमक्ष राख्न पनि उनल सांसदलाई निर्देशन दिएका छन् ।




