काठमाण्डौं । एमसिसि सम्झौता गर्न हुन्न भनेर कडा कडा राष्ट्रवादी भएर भाषण गर्ने नेताहरु नै सरकारमा रहदा एमसिसिको पक्षमा रहेको खुलेको छ । एमसिसि पास गर्नेहरु राष्ट्रघाती हुन भनेर एमाले नेता भीम रावलले भनिरहदा उनी स्वयम रहेको मन्त्रीपरिषदले एमसिसि सम्झौता वापतको अनुदान स्विकार गर्ने भनेर पास गरेको देखिन्छ । केपी ओली प्रधानमन्त्री रहदा ६ जना उपप्रधानमन्त्री मध्ये एक रहेका रावल नै रहेको मन्त्रीपरिषदले एमसिसि कम्प्याक्टको मस्यौदा तयार पार्ने र एमसिसिको तयारीको लागि आवश्यक पर्ने १ अर्ब १३ करोड रुपैया वरावरको सहायता लिने निर्णय गरेको थियो । तर स्वयम रावल भने यो कुरा अस्विकार गरिरहेका छन । उनले सोमवार मात्र पनि प्रधानमन्त्री शेरवहादुर देउवाले झुठो कुरा वोलेको भन्दै उनको आलोचना गरिरहेका थिए ।





