रिबन

माधव नेपालको पार्टीको भविष्य आगामी चैत २० गते टुङ्गो लाग्ने

काठमाडौं । एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने निर्णयका बारेमा सर्वोच्च अदालतले चैत २० गते अन्तिम सुनुवाई गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका एमाले विभाजन सम्बन्धी तीनवटा रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले चैत २० गते अन्तिम सुनुवाई गर्ने आदेश दिएको हो ।

एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएपनि सभामुखले सूचना प्रकाशन नगरेको आरोप लगाउँदै आएको छ । त्यसकै विरोधमा निरन्तर संसद बैठकसमेत एमालेले अवरुद्ध गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *