काठमाण्डाैं। नेकपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि ढुंगा प्रहार गरेकाे खवर सार्वजनिक भएपछि यसकाे सत्यता कति हाे भन्ने वहश सुरू भएकाे छ।शुक्रवार अध्यक्ष दाहाललाइ सुर्खेतकाे सिटी हलमा भएकाे बन्द प्रशिक्षणमा वाेल्दै गर्दा ढुंगा हानेकाे हल्ला चल्याे।याे समाचार दिनभर चर्चामा रहयाे ।तर,साँझपख स्वयम अध्यक्ष दाहालले कुप्रचार गरियाे भनेर खण्डन गरे।
खवर अनुसार,दर्शक दीर्घामा वसेका पुर्व लडाकुले ढुंगा हानेकाे र उनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे वताइयाे।कतिपय तस्वीर पनि सार्वजनिक भए जहाँ युवाहरूले प्रचण्डलाइ छेकेर वाहिर लादै गरेकाे देखिन्छ।

तर,स्वयम प्रचण्डले यसलाइ कु-प्रचार भनेपछि यसकाे सत्यता माथि प्रश्न उठयाे।
देश क्रमश चुनावकाे माहाैल पुगिसकेकाे छ।दलहरू चुनावी दाैडाहमा छन।एमाले अध्यक्ष फेरि पनि ठाेरीकाे रामकाे चर्चा गर्न थालेका छन भने नेपाली कांग्रस महिना दिन लामाे अभियानमा सहभागी भइसक्याे।र,माअेावादी केन्द्र पनि यहि क्रममा छ।चुनावकाे बखतमा यस खालका अनर्गल हल्लाहरू चल्ने गर्दछन जसले अरूलाइ कमजाेर,नराम्राे देखाउने गर्दछन।प्रचण्डले एमाले र उ निकटलाइ यस्ताे हल्ला चलाउन भुमिका खेलेकाे संकेत गरेका छन। यहि गतिमा राजनीति अघि वढने हाे भने चुनाव सम्म अन्य यस्ता खवर पनि सार्वजनिक हुने देखिन्छ।




