काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ।दिउँसो ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान सञ्चालनका लागि देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो।




