काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनमा अझै ढिलाई हुने भएको छ ।
जारी केन्द्रीय कमिटिको बैठकले पदाधिकारी चयन गर्ने सम्भावना नरहेको नेता रत्न ढकालले जानकारी दिए । उनले भने,‘जारी केन्द्रीय कमिटि बैठकबाट पदाधिकारी चयन गर्ने सम्भावना कम छ ।’
तर पदाधिकारी चयन गर्न नेताहरुले भने दबाब बढाएका छन् । नेता हिमाल शर्माले पदाधिकारी चयनमा सहमति कायम हुन नसके केन्द्रीय कमिटिले निर्वाचित गर्नुपर्ने बताए । उनले सहमति कायम हुन नसके विधानको व्यवस्थाअनुसार पदाधिकारी चयन हुनुपर्ने बताए ।
माओवादी केन्द्रको महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकजनाको सम्भावना रहेको छ । आइतबार बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक स्थगित भएको थियो । माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।




