काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७र७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिवले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।दशौँ अधिवेशनको यो बैठक १० औँ पटक बस्न लागेको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।




