रिबन

अनौठो संयोग : ओली र विप्लवको एउटै जन्मदिन

काठमाण्डौं । नेपाली राजनीतिको दुइ जण्ड पुरुषको जन्म एकै दिन परेको छ । फागुन ११ गते अनौठो संयोग वनेर नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा महासचिव नेत्रविक्रम चन्दको जन्म दिन एकै दिन परेको छ । विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा भन्ने स्थानमा जन्मिएका ओली ठयाक्कै ७० बर्षका भए । राजनीतिको सुरुवाती दिनमा ब्यक्ति हत्या मार्फत उनी राजनीतिमा छिरेका थिए जसको कारण उनी १४ बर्ष जेल परे ।
उनी जस्तै गरि कम्युनिष्ट राजनीतिमा होमिएका नेत्रविक्रम चन्दको जन्म पनि एकै दिन परेको छ । ससस्त्र युद्ध देखि भुमिगत राजनीति सम्म गरेका चन्द विस २०२४ सालमा रोल्पाको केवरी भन्ने स्थानमा जन्मिएका थिए ।
तर,गजबको संयोग के भने प्रचण्ड हुदै मोहन वैद्यसंग समेत साइनो तोडेर भुमिगत गराजनीति गरिरहदा विप्लवलाइ शान्तिपुर्ण राजनीतिमा ल्याउने काम भने उनै ओली नेतृत्वको सरकारले गरयो । यसपछि विप्लव अहिले शान्तिपुर्ण राजनीतिमा संलग्न छन । तर विप्लव वैज्ञानिक समाजवादको पक्षमा छन भने ओली संसदीय लोकतन्त्रको हिमायती हुन ।

ओली यो देशको प्रधानमन्त्री सम्म भए भने विप्लव सांसद समेत भएका छैनन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *