राजनीति

गठबन्धन भित्रबाटै सरकारलाई असहयोग !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन भित्रबाटै सरकारलाई असहयोग भएकाले एमसीसी संसदबाट पास गर्न ओलीसँग सहयाेग मागेका छन ।

प्रधानमन्त्री देउवाले मंगलबार साझ भएकाे भेटमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका हुन ।  एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए । 

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधि सभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको जानकारी दिए । 

‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत  (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’ रिजालले भने । 

एमाले अध्यक्ष ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रकृयामा प्रवेश नगर्ने बताएको उनको भनाइ छ । ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’ उनले भने । 

भेटवार्ताा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षविष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी थिए । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *