रिबन

सत्तारुढ गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णय गरिने

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ ।

आजको बैठकमा प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा निर्णायक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज आजको बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।

तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । सभामुख अग्निप्रसाद् सापकोटाले पनि सबै दलको सहमतिमा मात्र एमसीसी टेबल गर्ने बताइसकेको छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *