रिबन

माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो ।

उक्त बैठक पार्टी पदाधिकारी चयनमा केन्द्रीत हुने बताइएको छ । केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । माओवादी विधान अनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको उक्त बैठकले पार्टीका अध्यक्ष र अन्य पदाधिकारीहरू चयन गर्नेछ । माओवादीमा बहुपदीय प्रणाली अनुरुप अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष,६ उपाध्यक्ष, एक महासचिव,दुई उप महासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारीको नयाँ ब्यवस्था गरिएको छ ।

अध्यक्ष प्रचण्डले आइतबार महाधिवेशनको अन्तिम दिन बन्दसत्रमा केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम प्रस्तुत गरेका थिए । बाँकी ६३ केन्द्रीय सदस्य केन्द्रीय कमिटीले पछि चयन गर्ने उनले बताएका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले सर्वसम्मतले पारित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *