रिबन

माओवादी वन्द सत्र सुरु,महराको नेतृत्वमा ७ सदस्य अध्यक्ष मण्डल गठन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको वन्द सत्र सुरु भएको छ । प्रज्ञा भवनमा सुरु भएको वन्द सत्र सञ्चालनको लागि ७ सदस्यी अध्यक्षमण्डल गठन भएको छ । अध्यक्ष मण्डलको संयोजकमा कृष्णवहादुर महरालाइ राखिएको छ । अध्यक्ष मण्डलको सदस्यहरुमा पुर्णा कुमारी सुवेदी,परशुराम रम्तेल,रुपा महर्जन श्रेष्ठ,गणेश साह लगायतलाइ सदस्यमा राखिएको छ ।
आइतवारबाट सुरु भएको माओवादीको महाधिवेशन १७ गतेसम्म चल्नेछ । राष्ट्रिय सम्मेलन भनिएपनि अन्त्यमा महाधिवेशन गर्ने निधोमा माओवादी नेतृत्व पुगेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *