राजनीति

कांग्रेसमा यस्तो छ शीर्ष २० को वरियाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ। शनिबार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार दिइएको छ। वरियतामा देउवा पहिलो नम्बरमा छन्। त्यसपछाडिको वरियतामा पदाधिकारीहरू उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन्। कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन्।

त्यसपछि पहिलेका पदाधिकारी अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिलबहादुर थापापछाडि मात्रै कोइरालालाई राखिएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको वरियता दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन।

१३औं महाधिवेशनपछि पौडेल दोस्रो वरियतामै थिए। १४औं महाधिवेशनमा उनी मतदान नगरी बसेका थिए। सिटौला भने महाधिवेशनमा देउवासँग मिलेका थिए। पौडेल र सिटौलालाई केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी छ। उनीहरू मनोनित भएर वरियता तोकिँदा कोइराला अझै तल पर्न सक्ने बताइएकाे छ ।

देउवासँग कोइराला सभापतिमा पराजित भएका थिए। सभापतिमा पराजित हुने तर धेरै मत ल्याउने उम्मेदवार स्वत: केन्द्रीय सदस्य हुने प्रावधान छ। वरियतामा धेरै पछाडि राख्ने थाहा पाएपछि कोइराला शनिबारको केन्द्रीय समिति बैठकमा गएनन्। वरियतामा असन्तुष्ट रहेका कोइरालाले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । १३औं महाधिवेशनमा कोइराला वरियतामा ३५ नम्बरमा थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *