काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको लागि मतगणनामा खस आर्यको पनि नतिजा सार्वजनिक भएको छ । खस आर्य समुहका ८ जना मध्ये ७ जना देउवा समुहबाट र एक जना मात्र कोइराला समुहबाट बिजयी भएका हुन । मतपरिणाम अनुसार,खस आर्य समुहको पुरुष समुदायमा सर्वाधिक मत झापाका केशव वुढाथोकीले पाएका छन । उनले २११५ मत ल्याएर जितेका हुन । यस्तै, देउवासमुहबाट गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् ।
हारे डा.शेखर कोइराला समुहबाट निर्वाचनमा लडेका मधु आचार्य मात्र बिजयी भएका छन । शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।




