राजनीति

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजीनामा दिएका हुन ।  कांग्रेस महामन्त्रीमा पराजित भएपछि रिजालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *