रिबन

चार समूहको केन्द्रीय सदस्यहरुको मतगणना आजै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएको छ । अब पालो केन्द्रीय सदस्यहरुको मत गणनाको पालो आएको छ ।

आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । उनका अनुसार आज साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुनेछ ।

मधेसी महिलातर्फ ४ सिटका लागि ५ जनाबीच भिडन्त भएको छ । किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव रहेका छन् ।

त्यस्तै मधेसी खुलातर्फ ५ सिटका लागि २३ जनाबीच भिडन्त भएको छ ।मुस्लिम महिलातर्फ १ सिटका लािग ६ जना मैदानमा छन् ।

मुस्लिम खुलाको २ सिटका लागि ७ जना मैदानमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *