काठमााडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पिछडिएको क्षेत्रका सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।
शेखर कोइराला समूहका पाण्डेले सभापति शेरबहादुर देउवा समूहका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका हुन् । पाण्डेले २४११ मत पाएर निर्वाचित भए भने शाहीले २१३३ मत पाए ।




