रिबन

कांग्रेस महामन्त्री पदको मतगणना केहीबेरमै सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ ।

महामन्त्रीका दुई सिटका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *