रिबन

काङ्ग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दोस्रो चरणको मतदान सुरु भएको छ । मङ्गलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान बेलुका साढे ७ बजेसम्म चल्नेछ । मतदानका लागि काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरू काठमाडाैँकाे राष्ट्रिय सभागृहबाहिर लाइनमा बसिसकेका छन् ।

सभापतिका पाँच प्रत्यासीमध्ये वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । देउवालाई शेखरबाहेक सभापतिका तीनै उम्मेदवारको साथ भएका कारण पनि शेखरलाई जितका लागि कठिनाइ देखिएको छ । देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन पाएका छन् ।

पहिलो चरणको चुनावमा देउवाले दुई हजार दुई सय ५८ मत ल्याएका थिए भने कोइरालाले एक हजार सात सय २९ मत ल्याएका थिए । सिंहले तीन सय ७१ मत ल्याउँदा निधिले दुई सय ४९ मत ल्याएका थिए । काङ्ग्रेसको पार्टी विधान अनुसार पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत प्राप्त हुन नसक्दा सबैभन्दा बढी मत ल्याउने दुई जना प्रत्यासीबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *