रिबन

प्रकाशमानलाई भेट्न देउवा चाक्सीबारीमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्।

आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्।

कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।

पहिलो चरणमा देउवालाई ८२ मत अपुग भएको थियो। कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याए फेरि मतदानबाट नेतृत्व चयन गर्नु पर्ने व्यवस्था छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *