काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने भएपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । यस्तै, डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत पाउँदा कल्याण गुरुङले २० मत प्राप्त गरे । बहुमतकाे लागि देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत अपुग भयाे ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ ।




