रिबन

देउवालाई जितका लागि २९४ मत आवश्यक

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ४२७६ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।

हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले २०४६ मत प्राप्त गरेका छन् । कोइरालाले १६१५ मत पाएका छन् । देउवा र कोइरालाको मतान्तर ४३१ छ ।

यसैगरी, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् । चार सय मत गन्न बाँकी रहेको अवस्थामा अब देउवालाई विजयी हुनको लागि २९४ मत आवश्यक पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *