रिबन

कांग्रेस महाधिवेशन : सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै सकियो बन्दसत्र

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सम्पन्न भएको छ ।

उद्घाटनसत्र सकिएपछि शुक्रबार राति बन्दसत्रको आयोजना गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका नेताहरु अनुपस्थित रहेको बन्दसत्रले सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधानमा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बन्दसत्र सकिएपछि शनिबार उमेदवार मनोनयन दर्ता हुनेछ । कांग्रेसले गठन गरेको केन्द्रीय निर्वाचन समितिले शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *