काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समुहका नेताहरुको बैठक बोलाएका छन् ।
मंसीर २४ गतेदेखि शुरु हुने कांग्रेस महाधिवेशनका बारेमा छलफल गर्न र आफ्नो समुहका तर्फबाट उम्मेदवार तय गर्ने विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले बुधबार बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा देउवा पक्षबाट पदाधिकारीसहितका पदमा दाबी गरिरहेका नेताहरु समेत सहभागी हुने बताइएको छ ।




