रिबन

महाधिवेशन प्रतिनिधिलाई नेता बस्नेतको पहलमा यातायात सुविधा

काठमाडौं । भर्खरै स्वास्थ्यलाभ गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले महाधिवेशन प्रतिनिधिलाई बसेको होटलबाट महाधिवेशनस्थलसम्म पु-याउने व्यवस्था मिलाएका छन् । प्रतिनिधिलाई महाधिवेशनस्थल पुग्न कठिनाइ नहोस् भनेर नेता बस्नेतले यस्तो व्यवस्था गरेका हुन् । त्यसका लागि झन्डै डेढ सय मोटर स्टेनबाइ राखिने भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारी समितिमा रहेका बस्नेतलाई स्वास्थ्य सेवाको जिम्मेवारी पार्टीले दिएको छ । आफ्नो जिम्मेवारीमा परेको स्वास्थ्य सेवालाई चुस्तदुरुस्त राखेका नेता बस्नेतले आफ्नै पहलमा महाधिवेशन प्रतिनिधिलाई यातायात सुविधा उपलब्ध गराएका हुन् ।

मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्न तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । महाधिवेशन भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई स्यानिटाइजर दिने र अनिवार्य मास्कको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको नेता बस्नेतले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *