काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी गर्दै वरिष्ठ नेता पौडेलले राजनीतिलाई सम्मानित बनाउने अभियानमा सहभागी हुन समेत आह्वान गरेका छन् ।
वरिष्ठ नेता पौडेलले महाधिवेशनअन्तर्गतको चुनाव सहभागी भएर पराजित भएकाहरु निरुत्साहित नहुन आपिल गर्दै भनेका छन्,‘लोकतान्त्रिक अभ्यासमा सहभागी हुनभएका सम्पुर्ण साथीहरुलाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको हाम्रो पार्टीलाई सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपुर्वक क्रियाशील हुन अनुरोध गर्छु ।’
कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न हुँदा पौडेल पक्षले लुम्बिनि र गण्डकीमा मात्रै जीत हासिल गर्न सकेको छ भने अन्य प्रदेशहरुमा संस्थापन पक्षले जीत हासिल गरेको हो ।





