भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापनइतर समूहका अमरसिंह पुन विजयी भएका छन् ।
संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् । उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन ।
यस्तै सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।




