रिबन

राप्रपा अधिबेशनः नेतृत्वको लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी नेतृत्व चयनका लागि आज शनिवार मतदान हुँदैछ । काठमाडौंमा बुधबारदेखि जारी राप्रपाको एकता महाधिवशेनअन्तर्गत आज उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। त्यसका लागि अहिले बिहान ८ बजे मतदान सुरु हुँदै छ। मतदान ५ बजेसम्म जारी रहने राप्रपाको निर्वाचन समितिले जनाएको छ। राप्रपाले यसअघिका महाधिवेशनमा अध्यक्ष चुन्न मात्रै मतदान गर्ने गरेकोमा यसपटक अध्यक्षसहित ३ उपाध्यक्ष र ३ जना महामन्त्रीसहित १४९ जना चुन्नका लागि निर्वाचन गर्न लागेको हो । १९९ सदस्यीय कार्यसमितिमा बाँकी भने मनोनित हुन्छन् ।

राप्रपाको नेतृत्व लिन प्यानलसहित वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन्। उनीहरूले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। राप्रपाको केन्द्रीय समितिमा रहने पदाधिकारीसहित १४१ सिटका लागि २६४ जनाको उम्मेदवारी परेका छन्।

राप्रपा केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् वरिष्ठ अधिवक्ता राजु बस्नेतका अनुसार उपाध्यक्षमा २ महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन्। यस्तै महामन्त्रीमा दुई महिलासहित ६ जनाको उम्मेदवारी परेको छ।

राप्रपाको विधानअनुसार निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ४ र महामन्त्री ३ जना चुनिनेछन्, अन्य सदस्य हुनेछन्।

उपाध्यक्ष र महामन्त्रीमा एकरएक जना महिला अनिवार्य गरिएको छ। यसबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *