राजनीति

प्रदेश १ को प्रदेश अधिवेशन स्थगित, भोलि बिहान ८ बजे सुरु हुने

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को प्रदेश अधिवेशन स्थगित भएको छ । अधिवेशन भोलि बिहान ८ बजे सुरु हुने प्रदेश संयोजक तथा पूर्व महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए । आज बिहीबार २ बजेका लागि अधिवेशन तय भएको थियो, तर अपरान्ह साढे ४ बजे सिटौला अधिवेशनस्थल पुगेर मोरङ जिल्लाको अधिवेशन नसकिएको र तयारी नपुगेको भन्दै अधिवेशन स्थगित भएको घोषणा गरे ।

मोरङको नरसिह कलेज पछाडिको खुला चौरमा अधिवेशनस्थल बनाइएको छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरु अपरान्ह १२ बजेदेखि नै भेला भइसकेका थिए । तर तयारी नपुगेको भन्दै आजका लागि तय भएको अधिवेशन भोलि बिहान ८ बजेसम्मका लागि सारिएको प्रदेश संयोजक सिटौलाले घोषणा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *