राजनीति

कांग्रेसको प्रदेश अधिवेशन दुई दिन सर्ने

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्ने भएको छ।

मंसीर १६ र १७ गतेका लागि तोकिएको कांग्रेसको अधिवेशन अब १८ र १९ गते हुने भएको हो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच सोमबार भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने सहमति बनेको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ गतेदेखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *