काठमाण्डाैं । अघिल्लाे महाधिवेशनमा नै महामन्त्री चुनाव लडेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले यसपटक पनि महामन्त्रीकाे उम्मेदवारी घाेषणा गरेका छन। तर,कुन समुहबाट उनी महामन्त्री लडदैछन ?
गगन अघिल्लाे महाधिवेशनमा कृष्णप्रसाद सिटाैला समुहबाट चुनाव लडेका थिए तर डा.शशांक काेइरालासंग हारे।यसपटक उनी सिटाैला समहुमा छैनन भन्ने हाे भने त्यहाँ हुने वैठक,छलफल देखि चियापानसम्ममा भाग लिइरहेका छन। र,उनी साेही समुहमा छन भन्ने हाे भने अचानक कसैसंग सल्लाह नगरि महामन्त्री घाेषणा गरे र यसकाे भाेलिपल्ट पार्टी कार्यालयमा भएकाे रामचन्द्र पाैडेल पक्षकाे भेलामा मञ्चमा नै वसे ।
गगन आफुतिर रहेकाे र यहि प्यानलबाट महामन्त्री लडनेमा डा.शेखर काेइराला ढुक्क छन । तर,यता स्वयम गगन थापा भने तिहारमा भर्खर मन्त्री भएका उमाकान्त चाैधरीले राखेकाे चियापान कार्यक्रममा सहभागी भए । जबकि उनलाइ स्वयम आयाेजक मन्त्री चाैधरीले निम्ता नै गरेका थिएनन। यस चियापानमा कार्यक्रममा उनी गएनन मात्र त्यहाँ पुगेर उनी वाेले पनि। उनले भने-म सिटाैला समुहमा छु र मेराे नेता कृष्णप्रसाद सिटाैला हुन ।
गगनले यति वाेलेपछि उनी सिटाैला समुहमा नै सक्रिय रहेकाे वुझन सकिन्छ तर के स्वयम सिटाैला समुह गगन आफनाे समुहमा रहेकाे भनेर ढुक्क छ त ? सिटाैला समुहका एक नेता भन्छन-उनी न यता न उता,विचमा छन ।
खासमा गगन सिटाैला र शेखर समुहसंग मात्र हाेइन,प्रकाशमान सिहसंग पनि खेलिरहेका छन।काठमाण्डाैंकाे अधिवेशनमा उनी प्रकाशमानसंग मिलिरहेका छन। अर्थात उनी स्थानीय अधिवेशनमा प्रकाशमान संग मिल्ने र केन्द्रमा सिटाैला संग मिल्ने तयारीमा छन । जसरी गगन खेलिरहेका छन,उनलाइ सवै समुहलाइ उतिकै चनाखाे भएर हेरिरहेका पनि छन।सिटाैला समुहबाट स्वयम सिटाैलाले उनलाइ पटक पटक म संग खेल्ने काम नगर्नु भनेर चेतावनी दिइसकेका छन।उता शेखर समुहले पनि यसपटक पनि गगनले चलाखी गरेमा अर्काे अधिवेशन भारी पर्ने चेतावी दिइसकेका छ।
हेर्नुछ-गगनले के गर्छन ।




