काठमाडौँ । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
एमालेले १० औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट सम्बन्धी व्यवस्थाका बारेमा यसअघि अपानी १३ मा उल्लेख गरेका विषयमा केही अस्पष्ट रहेको भन्दै त्यसलाइ स्पष्ट पार्ने गरी अर्को परिपत्र जारी गरेको हो ।
यसअघि १५ सय सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको एमालेले त्यसलाई सच्याएर १२ सय सदस्य बराबर एक प्रतिनिधि हुने व्यवस्था गरेको हो ।







