काठमाडौं । जिल्ला अधिवेशनबाट आध दर्जन जिल्लामा नेपाली कांग्रेसको निर्विरोध जिल्ला सभापति निर्वाचित भएका छन । दसैँ अघि १३ जिल्लाको अधिवेशन सम्पन्न हुँदा ६ जिल्लामा निर्विरोध सभापति निर्वाचित भएका हुन । भने ७ जिल्ला निर्वाचनका माध्यमबाट सभापति निर्वाचि भएका हुन ।
गोरखामा नन्दप्रसाद न्यौपाने, मनाङमा शंकर गुरुङ, मुस्ताङमा रोमी गौचन थकाली, रुकुम पूर्वमा केशरमान रोकाय, कालिकोटमा अम्बबहादुर शाही र हुम्लामा मोहन बिक्रम सिंह सर्वसम्मत जिल्ला सभापति निर्वाचित भएका हुन ।
ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ,संखुवासभाका सभापति दीपक खड्का,रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छाराम),दोलखाका सभापति बर्मा लामा, मुगुका सभापति ऐन बहादुर शाही, बाजुराका सभापति रामसिंह रावल र बझाङका सभापति खडक बोहोरा निर्वाचनका माध्यमबाट जिल्ला सभापति निर्वाचित भएका हुन ।
१४ औं महाधिवेशनको संघारमा उभिएको नेपाली कांग्रेसले सहमति सहकार्य र एकताको माध्यमबाट नेतृत्व चयन गर्ने अभ्यास अघि बढाएको छ । सहमतिबाट नेतेत्व चयन नभएका जिल्लाहरुमा लोकतान्त्रिक विधिबाट नेतृत्व छनौट भएको छ ।
हिमाली १३ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाली २१ जिल्लाको अधिवेशन असोज १ गते भित्र गरिसक्ने निर्णय गरेपनि दसैँ अघि १३ जिल्लाको अधिवेशनमात्र सम्पन्न भएको छ । बाँकी जिल्लाको अधिवेशनको भने कार्यतालिका सार्वजनिक हुन सकेको छैन ।




