रिबन

सरकार गठनको तीनमहिनापछि आज पूर्णता पाउँदै मन्त्रिपरिषद्

काठमाडौं । सरकार बनेको करिब तीन महिनापछि आज (शुक्रकबार) मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २९ असारमा गठित गठबन्धनको सरकारले लामो समयसम्म पूर्णता पाउन सकेको थिए ।

पटक पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका देउवाले बाँकी मन्त्रालयको जिम्मेवारी एक्लै सम्हाल्दै आएका थिए । कहिले मन्त्रालय कैे भागबन्डा नमिल्ने त कहिले पार्टीभित्रै मन्त्री बन्नेको हानाथापले मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको हो ।

तर बिहिबार आफ्नो भागमा परेका मन्त्रालयको अन्तिम टुंगो लगाएपछि सबै राजमोपबाहेक सबै दलहरु मन्त्रीको कसरत गरिरहेका छन र शुक्रबार बिहानैदेखि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले भने बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो ।
नेकपा एसले स्वास्थ्यसहित चार मन्त्रालय पाएपछि आज केन्द्रीय सचिवालय बैठकबाट मन्त्रीहरुको छनौट गर्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *