रिबन

रामचन्द्रका संकटका दिन सुरु : कोइराला परिवारले चाल्यो नयाँ कदम

काठमाण्डौं । सभापति उठछु भनेर अझै दावी गरेर हिडिरहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कठिन दिन सुरु भएका छन । १३ औं महाधिवेशनमा शेरवहादुर देउवासंग पराजित भएका पौडेललाइ यसपाली उम्मेदवार हुन नदिने कसरत सुरु भएको छ । पौडेल समुह भनेर भनिएपछि यो समुहलाइ उनले परिचालन गर्न सकेका छैनन । यस समुहबाट स्वयम पौडेल,डा.शशांक कोइराला, प्रकाशमान सिह, डा.शेखर कोइराला सभापतिका आकांक्षी छन ।

पौडेलले आफनो समुहमा वारम्वार एक उम्मेदवार तय गर्नुपरयो भनेर माग गरेका छन । उनको यो आग्रहपछि समुहका विभिन्न नेताहरुले यदि उम्मेदवार बन्ने हो भने पौडेलले वाँकी उम्मेदवार मनाउन वा सहमत गर्न सक्नुपर्ने भन्दै आएका छन । तर,पौडेलले न अरु आकांक्षीलाइ मनाउन सकेका छन न एकल उम्मेदवारी घोषणा गर्ने आँट गरेका छन । वरु उनलाइ पत्तै नदिइ अन्य नेताहरु अलग अलग भेला गर्ने,सहमतिको लागि कोशिश गर्ने गर्न थालेका छन ।

पौडेल समुह भनिएपनि उनलाइ नेता मान्न सो समुहले अस्विकार गरिसकेको छ । प्रकाशमान सिहले त पौडेललाइ नेता मान्न सकिन्न भनिसकेका छन । उनले १३ औं महाधिवेशन पौडेलको लागि थियो,यसपटक छाडन सकिन्न भनेर सार्वजनिक रुपमै भनिसकेका छन । यता,कोइराला परिवार पनि अहिले केहि नभन्ने पछि पौडेललाइ छाडेर उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटिसकेको छ । कोइराला परिवार स्रोतका अनुसार,सहमतिको वातावरण विग्रन्छ भनेर अहिले साझा उम्मेदवार घोषणा नगर्ने सहमतिमा कोइराला परिवार छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *