ताजा समाचार

कांग्रेस महाधिबेशनः विराटनगर महानगरमा दीपक चापागाईं निर्वाचित

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन । मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। सभापति जितेका चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन्। देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवाररलाई पराजित गर्दै चापागाईं निर्वाचित भएका हुन् ।
। सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए। उनीहरू दुबै जना शेखर कोइराला पक्षका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *