रिबन

माधव छाडेर केपीतिर लाग्ने दस नेतालाइ फेरि अर्काे झडका

काठमाडौं ।माधव नेपालकाे साथ छाडेर केपी अेालीतिर लागेका एमालेका दस भाइ युवा नेतालाइ फेरि अर्काे झडका लागेकाे छ।पार्टी नेतृत्वले दस वुदे सहमति कार्यान्वयन गर्ने र पार्टी जेठ २काे अवस्थामा पुग्ने भनेर एमाले पसेका दस नेतालाइ पटक पटक झडका लागेपछि अहिले उनीहरू के गर्ने के नगर्ने भन्ने साेचमा पुगेका छन।

अहिले नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गरिरहेकाे छ। राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन गरि तीन दस्तावेजमाथि छलफल गर्न १० समूह विभाजन वनाइएकाे छ। र, तीनै दस्तावेजका लागि १० वटै समूहबाट टोली नेता चयन पनि गरिएको छ । तर, माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुले भने कुनै समूहकाे पनि नेतृतव गर्न पाएनन । आज शनिबार दस्तावेजमाथि छलफल गर्न बनाइएको १० समूहमा उनीहरु कोही परेका छैनन् ।

सबै प्रदेशबाट ओलीनिकट नेताहरु मात्र चयन गरिएको छ । प्रदेश नं. १ बाट हिक्मत कार्की, प्रदेश नं. २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा, विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले टाेली नेतृत्व गर्ने माैका पाएका छन । १० समूहले ल्याएको सुझावपछि अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिनेछन् ।

शुक्रवारकाे वैठकमा तेस्राे धारका भनिएका नेताहरूले जेठ २ मा फर्कनुपर्ने प्रस्ताव राखे।शनिवार कै वैठकमा संसद विघटन किन भयाे ? यसकाे न्यायाेचित जवाफ चाहिन्छ भनेर युवा नेताले भनेका छन।तर यी कुराकाे अध्यक्ष अेालीले कुनै वास्ता गरेका छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *