काठमाण्डाैं ।नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नराेत्तम वैधले काेभिडकाे डर छ,यसैले महाधिवेशन राेकाैं भनेर सर्वाेच्च अदालतमा दायर गरेकाे रिट विहिवार खारेज भएकाे छ।उनकाे रिटले कतै साच्चिकै अदालतले महाधिवेशनका वाँकी काम राेकिने हुन कि भन्ने डर पैदा भएकाे थियाे तर यस्ताे भएन।
हरेक चार बर्षमा गर्नुपर्ने महाधिवेशन बल्लतल्ल साढे पाच बर्षमा हुन लागेकाे छ।भदाै १८ गते देखि महाधिवेशनमा कांग्रेस प्रवेश गरिसकेकाे छ र वडा अधिवेशन धमाधम भइरहेकाे छ। तर,अझै पनि कांग्रेसमा महाधिवेशन हुन्छ र ? भन्ने मानिसहरूकाे संख्या छ।महाधिवेशनमा पार्टी हाेमिइसक्याे र अधिवेशन मार्फत कैयाैं जिल्लामा युवा पुस्ताले विजयकाे माला पहिरिसक्याे तर महाधिवेशन नभए हुन्थ्याे भन्ने मनाेकामना राखेर गरिने प्रश्न यत्रतत्र छन।
खासमा यस्ताे प्रश्न किन गरिदैछ ? कांग्रेस जस्ताे पार्टीकाे महाधिवेशन गर्नु उति सजिलाे विषय हाेइन।यसमाथि यति धेरै मानिसहरू जब पदकाे इच्छा गरेर वसेका छन भने यसकाे थाेरवहुत असर पर्नु अस्वाभाविक पनि हाेइन। तर,यसपछि पनि महाधिवेशन हुन्छ र ? वा क्रियाशील सदस्यताकाे नाममा कतै क्रिया वस्ने त कतै सभापतिलाइ तथानाम गाली गरेर ख्याति कमाउने कस्ताे राेग कांग्रेसजनलाइ लागेकाे छ ? साच्चै महाधिवेशनमा हाेमिन चाहेकाे हाे भने पुर्ण सहयाेग गरेर जानु पर्ने हाेइन र ? तर यस्ताे भइरहेकाे छैन।किन ?
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरा हाे।६ पटकसम्म याे ठाउमा देउवा विजयी भइसकेका छन।र,पाचाैं पटक अहिले पनि प्रधानमन्त्री छन।उनै देउवाकाे गृहनगरमा भने लामाे लफडा परेकाे छ।क्रियाशील सदस्यतामा मनाेमानी गरेकाे भनेर भयंकर विराेध भइरहेकाे छ। उनकाे विराेध गर्ने अरू काेही नभएर डडेल्धुरा कांग्रेस जिल्ला सभापति कर्ण मल्ल हुन।कुनै समय देउवाका प्रिय पात्र मल्ल एउटा काण्ड परेपछि देउवाकाे साथ छाडेर हिडेका थिए।उनी तिनै पात्रका प्रिय पात्र हुन जाे अहिले देउवाकाे साथ छाडेर अलग सभापतिकाे उम्मेदवार हुन्छु भनेर निस्केका छन अर्थात विमलेन्द्र नीधिका।
सजिलाे भाषामा भन्ने हाे भने देउवासंग रिसाएका नेता तथा कार्यकर्तालाइ अहिले निधि एकत्रित गरिरहेका छन। र,उनकै उक्साहटमा मल्ल सभापति देउवालाइ स्वेच्छाचारी,तानाशाही भनिरहेका छन।यसाे गर्दा मल्लकाे अलग राजनीतिक अस्तित्व रहन्छ भने निधिलाइ देउवालाइ प्रहार गर्ने गतिलाे शिखण्डी।
जसरी पनि महाधिवेशन गर्नुपर्ने दवावमा कांग्रेस छ।अलि अघिसम्म यहि क्रियाशील सदस्यता विवाद अन्त्य गर्न स्वयम निधिकै नेतृत्वमा कमिटी गठन गरिएकाे थियाे।तर उनले मनाेमानी गरेकाे भनेर कांग्रेसका अर्का नेता डा.अमरेश कुमार सिहले पदबाटै राजीनामा दिए।उनले यसाे गरेर निधिलाइ अपशब्द समेत प्रयाेग गरे।अर्थात क्रियाशील सदस्यकाे विवाद समाधान हुन नसक्नुमा सभापति देउवाकाे जति हात छ,उति नै हात विमलेन्द्र नीधिकाे पनि छ।तर,जब डडेल्धुरामा समस्या देखियाे तब निधिले सभापति देउवालाइ पत्र नै लेखे। याे लहरमा निधि मात्र हाेइन,माैकाकाे ताकमा रहेका डा.शेखर काेइराला पनि मिसिए।
भदाै महाधिवेशन हुदैन कि भन्ने संशय पैदा हुदा जसरी पनि महाधिवेशन गर्नुपर्छ र महाधिवेशन टार्न खाेजेर सभापतिले कांग्रेसकाे इतिहास मेटन खाेजे भन्ने गम्भीर अभियाेग लगाएका डा.शेखर अहिले समस्या समाधान गर्न हाेइन,यसलाइ वल्झाउन लागिपरेका छन।उनले डडेल्धुराकाे केसलाइ लिएर याे मुद्धा रहुन्जेल कसरी महाधिवेशन हुन सक्छ ? भनेर गैरजिम्मेवार भुमिका खेलिरहेका छन। नेपाली कांग्रेसमा देखिएकाे याे नया विवादले अर्काे एउटा प्रश्न जन्माएकाे छ,त्याे के हाे भने के निधि र डा.शेखर महाधिवेशन भाँडन चाहन्छन ?
अहिले विवाद हेर्दा वडा अधिवेशन केही दिन पर सर्ने देखिन्छ। तर यसाे गरेपनि महाधिवेशन सार्ने अनुमति कांग्रेसलाइ छैन । तर,महाधिवेशन धकेल्न सकेकाे खण्डमा देउवा इतर समुहलाइ दुइवटा फाइदा हुनेछ। एक-देउवा असक्षम भनेर पुन स्याल हुइया गर्न पाइने। दुइ-समय घर्किदै जादा अाफनाे पक्षमा अनुकुल वातावरण वनाउन भुमिका खेल्न सकिने।अहिले नै महाधिवेशन हुदा देउवालाइ जित्न सकिन्न भन्ने कुरा यी दुइ पात्र मात्र हाेइन,स्वयम रामचन्द्र पाैडेललाइ पनि थाह छ।यसैले उनले पनि महाधिवेशनमा भाजाे हाल्न खुव यत्न गरेका हुन तर सकेनन।जब उनले महाधिवेशन सार्न सकेनन तव पाैडेल खेमाले पाैडेललाइ नै नेता मान्न छाडयाे ।अर्थात सेनाले सेनापतिलाइ मान्न छाडयाे।
निधि,शेखर कस्का मानिस ?
सवैले वुझेकाे सत्य के हाे भने सभापति देउवा भारतका प्रिय पात्र हाेइनन।उनी अमेरिका वा भनाैं पश्चिमा ब्लकका मानिस हुन।याे कुरा घाम झैं प्रष्ट छ।यसाे भए कांग्रेसका नेता निधि र शेखर कसका मानिस हुन ? महेन्द्रनारायण निधिका छाेराे विमलेन्द्र निधि पुस्तैनी कांग्रेस मात्र हाेइन,पुस्तैनी भारतका हितैषी पनि हुन।
जतिबेला नेपालमा शान्तिप्रक्रिया जारी थियाे,तव यसमा भुमिका खेल्न गिरिजाप्रसाद काेइरालाले छाेरी सुजातालाइ चीन र भतिजाे शेखरलाइ भारतसंग सम्पर्क सुत्रकाे रूपमा प्रयाेग गरेका थिए।कृष्णप्रसाद सिटाैलाकाे मात्र भर नपरेर उनले याे काममा डा.शेखरलाइ पनि खटाएका थिए।यसैले काेइराला त्यस्ता पात्र हुन-जाे नेपालकाे नक्सा पास हुदा माैन वस्याे,तुइन काण्ड हुदा मुख लुकायाे,नागरिकता विध्येक संसदमा पुग्दा धनकुटा पुगेर वस्याे। तिनै मानिस जसरी पनि सभापति उठछु भनेका छन भने सजिलै वुझन सकिन्छ उनी भारतका उम्मेवार हुन भनेर।जब उनले सभापति देउवालाइ हरेक माेर्चामा च्यालेन्ज गर्न खाेजे तर सकेनन।अनि,भारतले देउवा क्याम्पकै खम्वा निधिलाइ छुटाएर सभापतिकाे उम्मेदवार वनायाे।सजिलै वुझन सकिन्छ कि उम्मेदवार हुनुअघि दुइ पटकसम्म दिल्लि पुगेका निधि उतैका उम्मेदवार हुन भनेर।अर्थात निधि उम्मेदवार हुनु भनेकाे देउवालाइ भारत हराउन चाहन्छ भन्ने संकेत पनि हाे।
तर के नेपालमा भारत जे चाहन्छ त्यही हुन्छ ? यदि यसाे हुन्थ्याे भने भारतकाे खुव मन परेकाे केपी अेालीकाे सरकार किन ढल्थ्याे ?




